कला


आँचलको जन्मदिनमा ‘एक मुठी बादल’  को टिजर सार्वजनिक (भिडिओ)

आँचलको जन्मदिनमा ‘एक मुठी बादल’  को टिजर सार्वजनिक (भिडिओ)

नेपालखबर
चैत ५, २०८२ बिहिबार १७:४६, काठमाडौँ

आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘एक मुठी बादल’  को टिजर सार्वजनिक भएको छ। आँचलको जन्मदिनको अवसर पारेर फिल्मको टिजर ल्याइएको हो। 

सार्वजनिक टिजरमा मुख्य कलाकार आँचलले नै वाचन गरेको कविता ‘पोम्पोईको फूल’ को सेरोफेरो घुमेको छ। कवितासँगै टिजरले मुख्य कलाकारलाई परिचित गराएको छ। 

यो कविता चलचित्रकी लेखक तथा निर्देशक सहारा शर्माको ‘छिपछिपे सम्झना’ मा आधारित छ। सहाराका अनुसार उनले यस्तै भावको कविता हजुरआमाको मुखबाट सुन्ने गरेकी थिइन् जुन उनले लगभग बिर्सिसकेकी थिइन्। तर, चलचित्रको सम्पादनका क्रममा यो कविता फेरि उनको स्मृतिमा फर्कियो।  

सहारा भन्छिन्, ‘यो त्यतिबेला फर्कियो जतिबेला फिल्मलाई यसको सबैभन्दा बढि आवश्यकता थियो। त्यसबेला देखि नै यो कविता चलचित्रको अभिन्न अंग बनेको छ। ’

अभिनेत्री आँचल शर्माले चलचित्र ‘एक मुठी बादल’  आफ्ना लागि विशेष रहेको बताउँदै यसको पहिलो झलक जन्मदिनकै सन्दर्भ पारेर आउनु मीठो संयोग रहेको बताइन्।

‘अरु चलचित्रमा म अरु कोही भूमिका निर्वाह गरिरहेको हुन्छ तर यो चलचित्रको माइली मै हो । आफ्नै जीवनलाई पर्दामा उतार्न पाउनुको सन्तुष्टि शब्दमा भन्न सकिँदैन । यो चलचित्र मेरा लागि एकदमै स्पेसल छ,’ उनले भनिन्। 

यस फिल्ममा आँचलसहित निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ। 

अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्। निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन्।

चलचित्रका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन्। यो फिल्म आगामी जेठ १ गतेबाट रिलिज हुँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad