कला


वैवाहिक बन्धनमा बाधिइन् ‘बिहे नगरेपनि बच्चा जन्माउँछु’ भन्ने अभिनेत्री नम्रता सापकोटा

वैवाहिक बन्धनमा बाधिइन् ‘बिहे नगरेपनि बच्चा जन्माउँछु’ भन्ने अभिनेत्री नम्रता सापकोटा

नेपालखबर
फागुन १४, २०८२ बिहिबार १६:२७, काठमाडौँ

अभिनेत्री नम्रता सापकोटाले बिहे गरेकी छिन्। बिहीबार उनले ओजस नाम गरेका युवकसँग बिहे गरेकी हुन्। यतिबेला काठमाडौंमा नम्रताको निजी निवाहसमा विवाह समारोह चलिरहेको छ।

विवाहमा दुई पक्षका सीमित पारिवारिक सदस्यको मात्र उपस्थिति रहेको बताइएको छ। नम्रताले बुधबार साँझ मेहन्दी समारोहको एक तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू बिहे गर्न लागेको खुलासा गरिन्। तर, उनले श्रीमानबारे कुनै जानकारी दिएकी थिइनन् ।

ओशो सन्यासी समेत रहेकी नम्रता २०७८ सालमा नम्रता आफ्नो एक अभिव्यक्तिका कारण निकै ट्रोल बनिन्। उनले अबको तीन-चार वर्षमा आफ्नो विवाह नभए पनि बच्चा जन्माउने बताएकी थिइन्।

जसकारण बिहे गर्ने खुलासा गरेसँगै यतिखेर सामाजिक सञ्जालमा नम्रताको फेरि ट्रोल भइरहेको छ। बिहे नगरि बच्चा जन्माउनेले नै बिहे गरेको बताउँदै सामाजिक प्रयोगकर्ताहरु कमेन्ट गरिरहेका छन्।

सन् २०१३ मा रिलिज भएको फिल्म ‘अन्तराल’ बाट डेब्यु गरेकी उनले अहिलेसम्म एक दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेकी छिन्। जसमध्ये ‘छक्का पञ्जा’ उनको हिट फिल्म हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad