कला


फिल्म ‘रमिताको पिरती’ विरुद्ध उच्च अदालतमा रिट

फिल्म ‘रमिताको पिरती’ विरुद्ध उच्च अदालतमा रिट

नेपालखबर
फागुन ८, २०८२ शुक्रबार १८:४, काठमाडौँ

फिल्म ‘रमिताको पिरती’को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत, पाटनमा रिट परेको छ। 

शुक्रबार अधिवक्ता सृष्टि भट्ट र लक्ष्मी तामाङले रिट दायर गरेका हुन्। उनीहरूले फिल्मको प्रदर्शन रोक्न अन्तरिम आदेश माग गरेका छन्। 

रिटमा कार्यकारी निर्मात्री अन्नपूर्ण शर्मा (आना शर्मा) सहित चलचित्र विकास बोर्ड, निर्माता कम्पनी शिरो फिल्म्स प्रालि, लेखक सुदिप्ता अधिकारी र निर्माता सागर लम्साललाई विपक्षी बनाइएको छ।

फिल्मले पुरुषप्रति घृणा सिर्जना गर्ने, लैंगिकरुपमा विभेदकारी देखिने कथा तयार गरि सामाजिक सद्भाव र भाइचाराको सम्बन्धलाई खलल पार्ने रिटमा जिकिर गरिएको छ। फिल्मले सामाजिक वितृष्णा फैलाउने जिकिर गर्दै प्रदर्शन रोक्न माग गरेका छन्। 

आना शर्माको मुख्य भूमिका रहेको ‘रमिताको पिरती’ देशभर प्रदर्शन भइरहेको छ। फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad