प्रतिनिधि सभाको चुनावलाई निर्माताहरूले हलमा लागेका फिल्म धमाधम उत्रार्न थालेका छन्। चुनावलाई ध्यानमा राखेर फागुनमा रिलिजको क्यालेक्डरमा फिल्म खासै राखिएका छैनन्।
त्यसमाथि निर्माताहरूले हलमा लागेका फिल्मको प्रदर्शन रोक्न थालेका छन्। फागुन १ गतेबाट ‘बिगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’ एकसाथ रिलिज भएका थिए।
मंगलबार ‘बिगुल’ पछि ‘श्री बुकुरो’ र ‘शिवांश’को निर्माणटिमले पनि विज्ञप्ति निकाल्दै आफ्नो प्रदर्शन रोक्ने निर्णय गरेको छ। यी दुवै फिल्मले प्रदर्शन स्थगित गर्नुको कारण भने चुनावको संवेदनशिलतालाई देखाएका छन्।
‘श्री बुकुरो’ को वितरण कम्पनीले फागुन ६ बाट फिल्मलाई हलबाट उत्रिसकेको छ। वितरण कम्पनीले प्रदर्शन स्थगित हुने घोषणा गरेको छ।
वितरण कम्पनी नेसनल सिने ग्रुप नेपालले फिल्मको नयाँ मिति समेत तोकेको छ। यो फिल्म अब आउँदो वैशाख १८ देखि रिलिज हुनेछ। ‘बिगुल’ र ‘शिवांश’ प्रदर्शन मिति भने तोकिएको छैन।
यद्यपि, माघ १६ गतेबाट रिलिज भएको ‘आ बाट आमा’ ले भने अहिले पनि राम्रो व्यापार गरिरहेको छ। नेपाली सिने बक्सअफिसमा यस फिल्मको व्यापार १० करोड नजिक पुगेको छ।
Shares

प्रतिक्रिया