कला


बक्सअफिसमा ‘कुमारी’ र ‘रमिताको पिरती’को कमजोर प्रदर्शन

बक्सअफिसमा ‘कुमारी’ र ‘रमिताको पिरती’को कमजोर प्रदर्शन

नेपालखबर
फागुन ४, २०८२ सोमबार १३:१८, काठमाडौँ

गत माघ २३ गतेबाट रिलिज भएका फिल्म ‘कुमारी’ र ‘रमिताको पिरती’ को कमाइ सार्वजनिक गरिएको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार दुवै फिल्म बक्सअफिसमा कमजोर देखिएका छन्।  

दिनेश राउत निर्देशित ‘कुमारी’ ले बक्सअफिसमा ५६ लाख २११ रूपैयाँ ग्रस कलेक्सन गरेको छ। यस अवधिमा फिल्मको १७ हजार २५ वटा टिकट बिक्री भएका छन्।

त्यसैगरि, सुदीप्ता निर्देशित ‘रमिताको पिरती’ ले १९ लाख ४३ हजार ५८८ रूपैयाँ ग्रस कलेक्सन गरेको छ। यस अवधिमा फिल्मको ५ हजार ९३७ वटा टिकट बिक्री भएका छन्। जुन आँकडा फागुन २ गतेसम्म अर्थात ९ दिनको कमाइ हो।

व्यापक चर्चा रहेको प्रेक कथानक फिल्म ‘कुमारी’ आकृति राजभण्डारी र अभिषेक खड्काको डेब्यु फिल्म हो। निर्देशक राउतले जेनजी पुस्ताका दुई कलाकारलाई फिल्ममा ल्याएका हुन्। फिल्मका सबै गीतमा युवा पुस्ताका चर्चित गायक केहरसिंह लिम्बूको गायन रहेको छ।

त्यस्तै, आना शर्माको मुख्य भूमिका रहेको फिल्म ‘रमिताको पिरती’ रोमान्टिक ड्रामाले लगातार ब्रेकअप भोगिरहेकी युवतीकै दृष्टिकोणबाट कथा भन्ने प्रयास गर्छ। यस फिल्ममा आनासँगै गायक समीर श्रेष्ठ, धीरज मगर र विनय श्रेष्ठको अभिनय छ। आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्मको कथा पनि सुदीप्ताको नै रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad