कला


सकियो  ‘झिँगेदाउ २’ को छायांकन

सकियो  ‘झिँगेदाउ २’ को छायांकन

नेपालखबर
माघ २९, २०८२ बिहिबार १५:३२, काठमाडौँ

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको ‘झिँगेदाउ २’ को छायांकन सकिएको छ। बुधबार चितवनमा अन्तिम दृश्य खिच्दै सिनेमाको सम्पुर्ण छायांकन ६३ दिनमा सकिएको निर्माण टिमले जनाएको हो। 

निर्देशक देउजाका अनुसार ६० दिनको सेड्युलमा गत मंसिरमा छायांकन निर्माण टिमले निर्धारित समयभन्दा तीन दिन बढि समय लागेको छ। पहिलो भागको सफलता मर्न नदिन र दोस्रो भागलाई अझ त्यो भन्दा उत्कृष्ट बनाउन कुनै सम्झौता नगरी खिचेकाले एउटा राम्रो सिनेमा दर्शकले हेर्न पाउने विश्वास निर्देशक ज्ञानेन्द्रको छ ।

अर्को वर्षको दशैंमा रिलिज हुने फिल्मको अबको केहीदिनमा पोष्ट-प्रोडक्सनको काम सुरु हुनेछ। काभ्रेको पनौतिबाट छायांकन सुरु भएको फिल्मको त्यसपछि काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ र छायांकन गरिएको हो।

कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भएको हो। फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुष लगायतको अभिनय छ। 

निर्देशक ज्ञानेन्द्र देउजाको नै कथा रहेको सिनेमाको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्। बिष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको फिल्मको निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad