कला


बर्दियाका दिप्सु परियारले जिते ‘आ बाट आमा’ को कभर सङ तथा अभिनय प्रतियोगिता

बर्दियाका दिप्सु परियारले जिते ‘आ बाट आमा’ को कभर सङ तथा अभिनय प्रतियोगिता

नेपालखबर
माघ २९, २०८२ बिहिबार १३:५९, काठमाडौँ

फिल्म ‘आ बाट आमा’ को शीर्ष गीत ‘लैजा खबर ए हावा’ को कभर सङ गाएर बर्दियाका दिप्सु परियारले ५१ हजार रुपैयाँ पुरस्कार जितेका छन्। उनलाई यसै फिल्मका निर्देशक चन्द्र पन्तले उक्त पुरस्कार प्रदान गरेका हुन्।

निर्देशक चन्द्र पन्तले  बर्दियाको बासगढीका दिप्सु परियारलाई हामीले ५१ हजार पुरस्कार प्रदान गरेको बताए। उनले भने,‘हामीले घोषणा गरे बमोजिम नै उहाँलाई हाम्रो टिमबाट पुरस्कार स्वरुप ५१ हजार नगद प्रदान गरेका हौँ।’

एक महिनाअघि ‘आ बाट आमा’निर्माण टिमले उक्त गीतमा आधारित कभर सङ तथा अभिनय प्रतियोगिता घोषणा गरेको थियो। सहभागीले आ–आफ्नो विधामा तयार पारेको भिडियो माघ १२ गतेभित्र टिकटकमा अपलोड गर्नुपर्ने नियम राखेको थियो। सोही बमोजिम नै दिप्सुले पुरस्कार हात पारेका हुन्।

 ‘आ बाट आमा’को उक्त गीत यतिबेला सामाजिक सञ्जालमा चर्चामा रहेको छ। निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ।

माघ १६ गतेबाट हलमा प्रदर्शन भइरहेको यो फिल्मले सुपरहिट भइसकेको छ। डीओपी नवराज उप्रेतीले गरेकोयो फिल्ममा अभिमन्यू निरवीले संवाद लेखेका छन्। उनलाई संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad