कला


‘धुरन्धर-२’ का लोकेशन म्यानेजरविरुद्ध उजुरी दर्ता, अनुमतिविना ड्रोन प्रयोग गरेको आरोप

‘धुरन्धर-२’ का लोकेशन म्यानेजरविरुद्ध उजुरी दर्ता, अनुमतिविना ड्रोन प्रयोग गरेको आरोप

नेपालखबर
माघ २१, २०८२ बुधबार १२:२२, काठमाडौँ

बलिउड फिल्म ‘धुरन्धर-२’ का लोकेशन म्यानेजरविरुद्ध मुम्बई प्रहरीमा उजुरी दर्ता गरिएको छ। दक्षिण मुम्बईको उच्च सुरक्षा क्षेत्रमा अनुमतिविना ड्रोन प्रयोग गरेर फिल्म छायांकन भइरहेको आरोप छ।

फिल्मको लोकेशन म्यानेजर रिंकु राजपाल वाल्मिकीविरुद्ध १ फेब्रुअरी​​मा मुम्बईको एमआरए मार्ग प्रहरी चौकीमा उजुरी गरिएको हो। भारतीय दण्ड संहिताको धारा २३३ (जनसेवकद्वारा विधिवत रूपमा जारी गरिएको आदेशको जानाजानी अवज्ञा) अन्तर्गत उजुरी दर्ता गरिएको छ।

फिल्मको एक भाग दक्षिण मुम्बईको उच्च सुरक्षा भएको फोर्ट क्षेत्रमा छायांकन भइरहेको थियो। छायांकनको क्रममा ड्रोन प्रयोग गरिएको थियो, जुन त्यस क्षेत्रमा निषेध छ। टोलीले ड्रोन प्रयोगको लागि अधिकारीहरूबाट कुनै अनुमति लिएको थिएन।

उजुरीकर्ताका अनुसार, जनवरीको अन्त्यदेखिनै उक्त स्थानमा फिल्म ‘धुरन्धर-२’ को छायांकन भइरहेको थियो। १ फेब्रुअरी​​मा संजय दत्तसहित सम्पूर्ण टोली उक्त स्थानमा भेला भएको र त्यसपछि ड्रोन प्रयोग गरिएको थियो। जुन छायांकनको तेस्रो दिन थियो। अधिकारीहरूले ड्रोन प्रयोग भइरहेको देखे र प्रहरीमा उजुरी दर्ता गरे। त्यसपछि छायांकन रोकियो।

३० जनवरीमा फिल्मको निर्माण टोलीले पुरानो पाकिस्तानी सडक जस्तै किल्लालाई पुन: निर्माण गरेको थियो। सुरुमा भीड थोरै थियो, तर १ फेब्रुअरी​​सम्म ठूलो भीड जम्मा भइसकेको थियो।

उजुरीपछि लोकेशन म्यानेजर रिंकु राजपाललाई सूचना जारी गरी सोधपुछको लागि बोलाइएको थियो। प्रारम्भिक अनुसन्धानपछि उनलाई रिहा गरिएको छ, यद्यपि उनी विरुद्धको एफआईआर विचाराधीन छ।

‘धुरन्धर’ को सफलतापछि ‘धुरन्धर-२’ आउँदो १९ मार्चमा रिलिज हुने तालिका छ। जुन फिल्म केजीएफ फेम्ड अभिनेता यशको ‘टक्सिक’सँग भिड्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad