अभिनेता प्रदीप खड्काले ७५ लाख रुपैयाँ मूल्य पर्ने गाडी किनेका छन्।
उनले शुक्रबार ‘दीपाल एसओ सेभेन’ ब्रान्डको विद्युतीय गाडी किनेका हुन्।
नायक प्रदीपले चांगन नक्सालस्थित नेपाल एमएडब्लुको शो रुमबाट गाडी लिएका हुन्।
प्रदीप आफैँले नयाँ गाडीको किनेको कुरा तस्बिरसहित फेसबुकमार्फत जानकारी गराएका हुन्।
‘दीपाल एसओ सेभेनसँग विद्युतीय युगमा पाइला टेक्दै। चांगन नेपालप्रति आभार,’ उनले लेखेका छन्।
यसअघि उनी लामो समयदेखि क्रेटाको गाडी चढिरहेका थिए।
यसैबिच प्रदीप सोमबारदेखि ‘ऐरी’को बाँकी छायांकनका लागि चितवनमा छन्। जुन फिल्म आगामी चैततिर रिलिज गर्ने निर्माण टिमको लक्ष्य छ।
57
Shares

प्रतिक्रिया