कला


गोलीकाण्डमा अभिनेता कमाल खान गिरफ्तार

गोलीकाण्डमा अभिनेता कमाल खान गिरफ्तार

नेपालखबर
माघ १०, २०८२ शनिबार २०:२२, काठमाडौँ

केआरके भनेर चिनिने अभिनेता कमल रशिद खानलाई अन्धेरी पश्चिमको ओशिवारा क्षेत्रको एक आवासीय भवनमा भएको गोलीकाण्डमा मुम्बई प्रहरीले शनिबार पक्राउ गरेको छ।

प्रहरीले भारतीय दण्ड संहिता (आईपीसी) र हतियार ऐनको सम्बन्धित धाराअन्तर्गत अभिनेता विरुद्ध मुद्दा दर्ता गरिएको छ।

उनलाई शनिबार बान्द्रा अदालतमा पेस गरिएको थियो।

भिनेता कमाल आर खानलाई शनिबार मुम्बईको बान्द्रा अदालतमा पेस गरिएको छ।

अदालतमा अभिनेता कमाल  खानका वकिलले उक्त घटनासँग उनको कुनै सम्बन्ध नभएको जिकिर गरेका छन्।

प्रहरीले भने बयानका क्रममा केआरकेले आफ्नो इजाजतपत्र प्राप्त बन्दुकबाट दुई राउन्ड गोली चलाएको स्वीकार गरेको दाबी गरेको छ।

घटना जनवरी १८ मा ओशिवारास्थित नालन्दा सोसाइटीमा भएको थियो।

अनुसन्धानका क्रममा सोसाइटी परिसरबाट दुई गोली बरामद गरिएको थियो: एउटा दोस्रो तलाबाट र अर्को चौथो तलाबाट।

इन्डिया टुडेका अनुसार, एउटा फ्ल्याट लेखक-निर्देशक नीरज कुमार मिश्राको हो र अर्को मोडेल प्रतीक बैदको हो।

केआरके भनेर चिनिने कमल आर खान आफूलाई फिल्म समीक्षक भन्छन् र सामाजिक सञ्जालमा प्रायः फिल्मको आलोचना गर्ने गर्छन्। उनी बलिउड स्टारहरूविरुद्ध गरेको तीखो टिप्पणीका कारण प्रायः समाचारमा छाइरहन्छन्। 

उनले सलमान खान, शाहरुख खान र अजय देवगनजस्ता ठुला स्टारहरूविरुद्ध तीखा टिप्पणी गरेका छन्। सलमान खानले उनीविरुद्ध मानहानिको मुद्दासमेत दायर गरेका थिए। 

केआरकेले २००८ को फिल्म देशद्रोहीमा मुख्य भूमिका खेलेका थिए र यो आफैँले निर्माण गरेका थिए। त्यसपछि उनी २०१४ को फिल्म एक भिलेनमा सहायक भूमिकामा देखा परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad