माघ १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आ बाट आमा’को नयाँ गीत सार्वजनिक भएको छ। माघ १ अर्थात माघे संक्रान्तीको अवसर पारेर निर्माण टिमले ‘जाँदैछु नौ डाँडा काटेर’बोलको गीत ल्याएको हो।
अभि सुनारले शब्द/संगीत रहेको गीतमा किरण परियारको स्वर रहेको छ। गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन्। गीतले परदेशिन लागेको कुरालाई प्रस्टयाएको छ।
गीतको भिडिओमा पल शाह,विपना थापा,प्रदीप रावत,साइग्रेस पोखरेल,उषा उप्रेती,सिम्रन पन्त लगायतलाई देख्न सकिन्छ।
यतिबेला यो फिल्मलाई व्यापक प्रचारप्रसारमा अभिनेता पल शाह,विपना थापा सहित अन्य निर्माण टिम लागि परेका छन्।
चन्द्र पन्तको निर्देशन रहेको यस फिल्मको कथा तथा पटकथामा उनी स्वयले लेखेका हुन्।
नवराज उप्रेतीको डिओपी रहेको यस फिल्ममा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ।
Shares

प्रतिक्रिया