दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्यै’ सन् २०२५ मा सबैभन्दा बढी हेरिने नेपाली गीत बनेको छ। सन् २०२४ को डिसेम्बर ३० मा सार्वजनिक गीतलाई एक वर्षमा झन्डै १५ करोड बढी भ्युज पाएको छ।
दुर्गेश थापाको प्रस्तुति रहेको गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत परेको थियो। सन् २०२५ सकिन लाग्दा ९आइतबार० सम्म गीतलाई १४ करोड ९५ लाख ६६ हजारभन्दा बढी पटक हेरिएको छ।
योसँगै ‘दुश्मन हेरेको हेर्यै’ सन् २०२५ को सबभन्दा धेरै हेरिएको नेपाली गीत बनेको हो। गीतमा दुर्गेशकै शब्द तथा संगीत रहेको छ। गीतमा दुर्गेशसँगै समीक्षा अधिकारी, एलिना चौहान र आनन्द कार्कीको स्वर छ।
यो गीत सार्वजनिक भएसँगै गीत टिकटक र रिल्समा निकै छाएको थियो। जुन गीतको चर्चाले योवर्ष दुर्गेशलाई स्टेज कार्यक्रममा भ्याइन्भ्याइ छ।
गीतको भिडिओमा दुर्गेशसहित प्रियंका कार्की, कविता नेपाली, पेमा लामा, सहदेव श्रेष्ठ लगायतको अभिनय छ।
Shares

प्रतिक्रिया