कला


‘पाकेको चिउरी’मा छमछमी नाँचे सुशील र अञ्जना

‘पाकेको चिउरी’मा छमछमी नाँचे सुशील र अञ्जना

नेपालखबर
पुस १०, २०८२ बिहिबार १५:४९, काठमाडौँ

आउँदो माघ ९ गते रिलिज हुने फिल्म ‘परिवर्तन’मा समावेश गीत ‘पाकेको चिउरी’ सार्वजनिक भएको छ। निर्माण टिमले क्रिसमसको अवसर पारेर गीतको भिडिओ सार्वजनिक गरेको हो। 

मौसम अर्यालको शब्द रहेको गीतमा एसडी योगी र रेश्मा पुनको स्वर सुन्न सकिन्छ। यस गीतमा गायक योगीकै संगीत रहेको छ। 

गीतको भिडिओमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली छमछमी नाचेका छन्। दुवैको केमेस्ट्री मिलेको देखिन्छ। लोकलयमा आधारित गीतको भिडियोमा लभस्टोरी बुनिएको छ।

निर्देशक विजय केरुङले फिल्मको गीतलाई दर्शकले मन पराउने बताए। उनले भने, ‘फिल्मको कथा अनुसारकै गीतलाई रोजेका छौँ। गाउँघरको टिपिटकल शब्दलाई गीतमा बुनिएको हुनाले दर्शकलाई छुन्छ होला।’

गीतको भिडिओमा उनीहरूलाई नृत्य निर्देशक रामजी लामिछानेले नचाएका हुन्। भिडिओलाई शिव ढकालले खिचेका छन्।

दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सुशील र अञ्जनासहित सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेको मुख्य भूमिका रहेको छ।

एक्सन-सस्पेन्स विधामा निर्माण गरिएको फिल्मलाई विजय केरूङले निर्देशन गरेका छन्। दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad