काठमाडौँ महानगरका मेयर बालेन साहसँग छलफल गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति बाहिर निस्किएका छन्।
बालेनका सहयोगी कुमार बेनको कुपण्डोलस्थित घरमा उनीहरू वार्तामा बसेका थिए। झण्डै एक घण्टा छलफलपछि लामिछाने बाहिर निस्किएका हुन्।
बालेनसँगको छलफलबारे लामिछानेले कुनै प्रक्रिया दिएनन्। वार्तास्थलमा रहेका सञ्चारकर्मीले प्रश्न गरे पनि उनले बोल्न चाहेनन्।
वार्तामा के भयो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा लामिछानेले भने, ‘मेरो अनुहारले के भन्छ?’
बालेन र लामिछानेबीच कसरी मिल्ने भन्ने विषयमा छलफल भएको रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले बताए। वार्तास्थल बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै कार्कीले मिलेर चुनावमा जाने विषय नै छलफलको एजेन्डा रहेको बताए।
381
Shares

प्रतिक्रिया