कला


‘चाँदीको पाना’मा बाहाने पोखरी र प्राकृतिक ज्ञान

‘चाँदीको पाना’मा बाहाने पोखरी र प्राकृतिक ज्ञान

नेपालखबर
पुस ७, २०८२ सोमबार १४:२६, काठमाडौँ

म्युजिकल फिल्म ‘चाँदीको पाना’ सार्वजनिक भएको छ। खोटाङ जिल्लामा अवस्थित बाहाने पोखरी क्षेत्रमा खिँचिएको म्युजिक फिल्ममा पर्यटन र संस्कृतिलाई उजागर गरिएको छ।

यस गीतमा गायक सुरज पण्डित र गायिका मेलिना राईको स्वर रहेको छ। गीतको भिडिओमा अरुण पुन मगर, मिसन सिबिरिगो, बिमला खाजुम, अमित मगर र स्वर्णिमा राईको अभिनय छ।

सुरज पण्डितको शब्द र संगीत रहेको गीतमा मनोज थापा मगरको संगीत संयोजन छ। गीतको भिडिओलाई अनिल कृष्ण मानन्धरले खिँचेका हुन्।

गीतमा बाहाने पोखरी वरपरको रमणीय दृश्य र स्थानीय जनजीवनलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। यसले आन्तरिक तथा बाह्य पर्यटकलाई खोटाङतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।

मिसन सिबिरिगोले करिब तीन वर्षदेखि पर्यटन प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाएर विभिन्न नयाँ गन्तव्यरूमा म्युजिकल फिल्म छायांकन गर्दै आइरहेको छ। यसअघि बाजुराको बडिमालिका क्षेत्रमा ‘म भेडी गोठालो’,  कास्कीको ‘कोरिमा बतास जस्तै’ लगायतका गीत ल्याएका थिए। आफ्नो जन्मभूमिलाई विश्वमाझ चिनाउने उद्देश्यका साथ म्युजिकल फिल्म सार्वजनिक गरेको मिसन सिबिरिगोले जनाएको छ।

पर्यटन तथा संस्कृति प्रवर्द्धनको हुटहुटी बोकेर नेपालका ७० जिल्ला पुगिसकेका निर्देशक सिबिरिगोले यसपटक आफ्नै जन्मथलो रोजेका हुन्। ‘खोटाङमा धेरै मनमोहक र सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरू छन्। तर प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन्। आफ्नै ठाउँलाई चिनाउनुपर्छ भन्ने संकल्पका साथ बाहाने पोखरी जस्तो सुन्दर स्थलमा चाँदीको पानाको छायांकन गरिएको हो,’ उनले भने।

यो म्युजिकल फिल्म मनोरञ्जनमा मात्र सीमित नभएको उनको भनाइ छ। यसबाट किराँत राई समुदायको मौलिक संस्कृति, परम्परा र प्राकृतिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने लक्ष्य राखिएको उनले सुनाए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad