मंसिर महिना प्रदर्शन आएका फिल्महरुको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ। सोमबार चलचित्र विकास बोर्डका रिपोर्टअनुसार ५ फिल्मको जम्मा कमाइ ६१ लाख ६५ हजार मात्रै छ। जुन असोज र कात्तिकमा रिलिज भएका फिल्मको तुलनामा निकै कम हो।
मंसिर दोस्रो साता अर्थात मंसिर १२ गतेबाट एकता पौडेल निर्देशित फिल्म ‘हर्ष’ रिलिज भएको थियो। निर्देशक पौडेल स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन्। जसकारण यस फिल्मप्रति धेरैले आशा गरेका थिए। तर, यस फिल्मले पनि खासै दर्शक तान्न सकेन्।
जबकी सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको रिपोर्टअनुसार ‘परान’ ले ५१ औं दिनसम्म १७ करोड ६१ लाख व्यापार गरेको छ।
वर्षा राउत र खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको ‘हर्ष’ ले पुस ५ गतेसम्म २८ लाख ७८ हजार ५३६ नेरु ग्रस कमाएको छ। यस अवधीभर फिल्मका ८८६६ वटा टिकट बिकेका छन्।
त्यस्तै, मंसिर १८ गतेबाट रिलिज भएको ‘अभिमन्यु: च्याप्टर १’ ले पनि खासै कमाइ गर्न सकेन। यस फिल्मले प्रदर्शनको १७ औं दिनसम्म जम्मा २१ लाख ४८ हजार ७०२ कमाइ गरेको छ।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’ को कथा मुकेश खनालले लेखेका हुन्। यस फिल्ममा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, शिशिर बाङदेललगायत कलाकार मुख्य भूमिकामा छन्। फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्।
त्यस्तै, शोभित बस्नेत निर्देशित ‘पीआर’ को पनि अवस्था कमजोर छ। यस फिल्मले देशब्यापी ६ लाख ६८ हजार ६३३ नेरु ग्रस कमाएको छ। यसका २१०९ वटा टिकट बिक्री भएका छन्।
त्यसैगरि, यशराज गाराच अभिनित ‘लोकन्ती’ ले ४ लाख १ हजार ३४० नेरु ग्रस कमाएको छ। यसका १३५७ टिकट बिकेका छन्। ‘चिराग’ ले ६८ जार ४५० नेरु ग्रस कमाएको छ। यस फिल्ममा ३३० वटा टिकट बिक्री भएका छन्।
Shares

प्रतिक्रिया