भारतीय चर्चित कमेडियन भारती सिंह आमा बनेकी छिन्। दोस्रोपटक आमा बनेकी उनले छोरालाई जन्म दिएकी हुन्। भारती र हर्ष लिम्बाचियाको पहिलो सन्तान पनि छोरानै हुन्।
इन्डिया टुडेका अनुसार, भारतीले टिभी कार्यक्रम लाफ्टर शेफ्स सिजन ३ को छायांकन गर्ने तालिका थियो। उनी बिहान सुटिङको लागि आइपुग्ने भनिएको थियो, तर उनको पेट अचानक बिग्रियो। उनलाई आपतकालीन अवस्थामा अस्पताल लगिएको थियो, जहाँ उनले छोरालाई जन्म दिइन्।
यद्यपि, दोस्रो सन्तानको जन्मको बारेमा दम्पतीबाट कुनै आधिकारिक बयान आएको छैन।
भारतीले अक्टोबर ६, २०२५ मा आफ्नो दोस्रो गर्भावस्थाको घोषणा गरेकी थिइन्। उनले स्विट्जरल्याण्डको पारिवारिक यात्राको क्रममा आफ्नो बेबी बम्प देखाउँदै गरेको एउटा तस्बिर सेयर गरिन्। भारतीले आफ्नो दोस्रो गर्भावस्थाभरि काम गरिरहिन्। हालै, उनले बेबी सावर र म्याटरनिटी सुट पनि गरिन्, जसमा परिवार र नजिकका साथीहरू उपस्थित थिए।
भारती र हर्षको पहिलो भेट २००९ मा टेलिभिजन कार्यक्रम कमेडी ‘सर्कस’ को सेटमा भएको थियो। त्यतिबेला भारती कार्यक्रममा प्रतिस्पर्धी थिइन् भने हर्ष पटकथा लेखकको रूपमा काम गरिरहेका थिए।
उनीहरूको मित्रता बढ्दै गयो र प्रेममा परिणत भयो। हर्षले सिधै विवाहको प्रस्ताव राखे। लगभग आठ वर्षसम्म डेट गरेपछि उनीहरूले डिसेम्बर ३, २०१७ मा गोवामा विवाह गरे। उनीहरूको पहिलो छोरा लक्ष्यको जन्म अप्रिल २०२२ मा भएको थियो।
दुबैले खतरा खतरा खतरा, हुनरबाज र इन्डियाज बेस्ट डान्सर लगायत धेरै टिभी कार्यक्रमहरू पनि सँगै होस्ट गरेका छन्।
Shares

प्रतिक्रिया