गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फ प्रारम्भिक उम्मेदवारको सूचीमा परेकी छिन्।
खोटाङबाट आदिवासी जनजाति कोटामा उनको नाम समावेश भएको रास्वपाले जनाएको छ। हाल सांगीतिक कार्यक्रमका लागि अमेरिकामा रहेकी राईले प्रारम्भिक सूचीमा परेपछि खुसी व्यक्त गरेकी छन्।
‘सत्यकलाले तिमी मसँग नबोल्ने अरे’, ‘आइडी कार्डैले’, ‘पूर्वे धरान’ लगायत दर्जनौँ चर्चित गीतमा स्वर दिएकी छिन्। उनका श्रीमान् नवल खड्का कलाकार तथा निर्देशक हुन्।
प्राध्यापकसमेत रहेकी सत्यकला उका श्रीमानद्वारा निर्देशित फिल्म काँडेतारकी निर्माता समेत हुन्।
93
Shares

प्रतिक्रिया