कला


राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नवौं महाधिवेशन बर्दिवासमा हुने

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नवौं महाधिवेशन बर्दिवासमा हुने

नेपालखबर
पुस १, २०८२ मंगलबार १५:१८, काठमाडौँ

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नवौं महाधिवेशन महोत्तरीको बर्दिवासमा हुने भएको छ। फागुन १ देखि ३ गतेसम्म बर्दिवासमा महाधिवेशन आयोजना गरिने प्रतिष्ठान अध्यक्ष रीता थापा मगरले बताइन्।

मधेश प्रदेशमा प्रतिष्ठानले पहिलोपटक महाधिवेशन गर्न लागेको हो। देशभरबाट १ हजार ५ सय महाधिवेशन प्रतिनिधि बर्दिवासमा भेला हुनेछन्।

प्रतिष्ठानले यसअघि जिल्ला तथा प्रदेशस्तरका साथै विदेश समितिहरूको अधिवेशन सम्पन्न गरिसकेको छ। अब प्रतिष्ठान केन्द्रीय महाधिवेशनमा जुटेको छ। महाधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व निर्वाचन गर्नेछ।

यसअघि धादिङमा भएको महाधिवेशनबाट रीता थापा मगर अध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन्।

महाधिवेशन मिति र ठाउँ तोकिएसँगै अध्यक्ष को भन्ने बारे निकै चासो छ। वर्तमान वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा अध्यक्षका प्रमुख आकांक्षीमध्ये एक हुन्। 

दोहोरीगीत प्रतिष्ठान लोक तथा दोहोरी गीतका कलाकारहरूको छाता संस्था हो। संस्थामा ३० हजार हाराहारी साधारण सदस्य, ३ हजार हाराहारी आजीवन सदस्य छन्। जिल्ला, प्रदेश, उपत्यका र विदेश कार्यसमिति गरेर प्रतिष्ठानको १ सय भन्दाबढी शाखा समिति छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad