बलिउड अभिनेता धर्मेन्द्र बितेको दसौँ दिन बुधबार बिहान उनको अस्तु हरिद्वारको गंगा नदीकिनारमा रहेको ऐतिहासिक र पवित्र घाटमा विसर्जन गरिएको छ।
जहाँ सनी देओल, बबी देओल र सनीका छोरा करण देओल देखिए। बुबाको यो अन्तिम बिदाइमा उनीहरू निकै भावुक भए।
त्यस क्षणको भिडिओमा सबैभन्दा बढी बबी देओल स्तब्ध देखिएका छन्। उनी रोएका छन्।
यस अनुष्ठानका लागि सनी, बबी र करण परिवारका केही अन्य सदस्यहरूसँगै मंगलबार राति नै हरिद्वार पुगेका थिए।
त्यसपछि उनीहरू बुधबार बिहान आफ्नो बुबाको अस्तु विसर्जन गर्न पवित्र घाटम पुगेका थिए।
भिडिओ क्लिपमा सनी, बबी र करणका साथै केही अन्य व्यक्ति पनि देखिएका छन्।
— NBT Entertainment (@NBTEnt) December 3, 2025दिवंगत धर्मेंद्र की अस्थियां गंगा में विसर्जित, हरिद्वार में VIP घाट पर नजर आए सनी देओल और बॉबी देओल#Dharmendra #SunnyDeol #BobbyDeol #NBTEntertainment #ripdharmendra pic.twitter.com/hkHlyamhaW
Shares

प्रतिक्रिया