कला


सामन्था र ‘द फेमिली म्यान’  निर्देशक राजले गरे बिहे !

सामन्था र ‘द फेमिली म्यान’  निर्देशक राजले गरे बिहे !

नेपालखबर
मंसिर १५, २०८२ सोमबार १३:३, काठमाडौँ

भारतीय अभिनेत्री सामन्था रूथ प्रभुले बिहे गरेकी छिन्। उनी चर्चित निर्देशक तथा निर्माता राज निदिमोरुसँग बैवाहिक बन्धनमा बाधिएकी हुन्।

लामो समयदेखि यी दुबैको प्रेमसम्बन्धलाई लिएर विभिन्न हल्लाहरू चल्दै आएको थियो। सामन्था र राजको व्यावसायिक सहकार्य ‘द फेमिली म्यान २’  बाट सुरू भएको थियो। अमेजन प्राइमको यो सुपरहिट सिरिजका राज लेखक तथा निर्देशक हुन्। यसको दोस्रो सिजनमा सामन्थाले मुख्य भूमिकामा देखिएकी थिइन्।

भारतीय समाचार माध्यमअनुसार यो जोडीले सोमबार बिहान एक मन्दिरमा बिहे गरेका हुन्। निकै गोप्य राखिएको उक्त विवाह समारोहमा दुवै पक्षका गरी जम्मा ३० जना पाहुनाहरूको मात्र उपस्थिति रहेको बताइएको छ। यद्धपी, दुबैबाट आधिकारिक जानकारी भने आउन सकेको छैन। 

आइतबार रातिदेखि नै उनीहरू विवाह गर्न लागेको हल्ला सामाजिक सञ्जालमा चल्न थालेको थियो। यसैबीच, राजकी पूर्वपत्नी श्यामली डेले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक सांकेतिक भनाइ पोस्ट गरेकी छिन्। जसले धेरैको ध्यान तानिरहेको छ।  श्यामली र राजको सन् २०२२ मा सम्बन्धविच्छेद भइसकेको छ।

सामन्थाको पनि यसअघि अभिनेता नागा चैतन्यसँग विवाह भएको थियो। बिहेको चार वर्षपछि उनीहरूले डिभोर्स गरेका थिए। नागा चैतन्यले केही समयअघि मात्र अभिनेत्री शोभिता धुलिपालासाग विवाह गरिसकेका छन्।

सन् २०२४ को सुरूवातदेखि नै सामन्था र राज नजिकिएको खबर बाहिरिन थालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad