तीन दिनअघि बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भयो। जसले बलिउड उद्योगसहित फ्यानहरूलाई मर्माहित बनाएको छ।
यसैबीच, धर्मेन्द्रको निधन भएको तीन दिनपछि श्रीमती हेमा मालनीले भावुक स्टाट्स लेखेकी छन्। धर्मेन्द्रसँग बिताएका केही अविस्मरणीय क्षणका तस्बिरहरू सेयर समेत गरेकी छन्।
उनले धर्मेन्द्रलाई सम्झिँदै आफ्नो मनको पीडा व्यक्त गर्ने कोशिस गरेकी छन्। ‘धर्मजी, मेरो लागि धेरै हुनुहुन्थ्यो। एक मायालु श्रीमान्, हाम्रा दुई छोरीहरू ईशा र आहानाको लागि एक मायालु बुवा, एक साथी, एक दार्शनिक, एक मार्गदर्शक, एक कवि, हरेक कठिन समयमा मेरो लागि सबैभन्दा महत्त्वपूर्ण व्यक्ति। इमानदारीपूर्वक भन्नुपर्दा, उहाँ मेरो लागि सबै थोक हुनुहुन्थ्यो!’
हेमाले आफूलाई सुख र दुःखमा साथ दिएको बताउँदै सहज र मिलनसार व्यवहारले परिवारका सबै सदस्यलाई प्रिय बनाउँदै आड दिएको उल्लेख गरेकी छन्। धर्मेन्द्र सबै थोक भएकाले उनको निधनले छोडेको शून्यता जीवनभर रहने हेमाको भनाइ छ।
‘एक सार्वजनिक व्यक्तित्वको रूपमा, उनको प्रतिभा, लोकप्रियताको बावजुद उनको विनम्र स्वभाव र विश्वव्यापी आकर्षणले उनलाई एक अद्वितीय र अतुलनीय आइकन बनायो, जुन कुनै पनि अन्य किंवदन्तीले अतुलनीय छ। फिल्म उद्योगमा उनको प्रसिद्धि र उपलब्धिहरू सधैं सम्झिनेछन्,’ हेमाले भनेकी छन्, ‘मेरो व्यक्तिगत क्षति शब्दमा व्यक्त गर्न नसकिने छ र यसले सिर्जना गरेको शून्यता मेरो बाँकी जीवनभर मसँग रहनेछ। वर्षौं सँगै यात्रा गरेपछि, म अनगिन्ती सम्झनाहरू मार्फत ती विशेष क्षणहरूलाई मात्र पुन: जीवित गर्नेछु।’
Shares

प्रतिक्रिया