कला


राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको उपत्यका समिति गठन, अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको उपत्यका समिति गठन, अध्यक्षमा घिमिरे

नेपालखबर
मंसिर ६, २०८२ शनिबार १९:५४, काठमाडौँ

राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, काठमाडौं उपत्यका समितिको गठन भएको छ। शनिबार अनिता कुमारी घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो।   

निर्वाचनमा घिमिरेको नेतृत्वमा १७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको सञ्चारकर्मी नेपालका केन्द्रीय सचिव कमल सरगमले जानकारी दिए।

समितिको वरिष्ठ उपाध्यक्षमा प्रेमराज लामिछाने, उपाध्यक्षमा मिलन खत्री, सचिवमा सन्जय पोखरेल, सहसचिवमा अनिता पुराकोटी, कोषाध्यक्षमा राहुल थापा र सह–कोषाध्यक्षमा सुरेश पन्त निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरुमा इन्द्रजित पौडेल, आकृति आचार्य, विकास दमासे, गोपाल नेपाली, चक्रप्रसाद पोखरेल, लक्ष्मण शर्मा, विकास थापा र सन्तोष तामाङ निर्वाचित भए।

समितिको प्रचारप्रसार विभागको सचिवमा प्रकाश विश्वकर्मा र सदस्यमा निरोज गौतम निर्वाचित भएका छन्। कार्यक्रम संस्थाका केन्द्रीय अध्यक्ष चन्द्रमणि गौतमको सभापतित्व र संस्थाको संथापक अध्यक्ष गोविन्द गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
 
नेपाली लोकगित संगीतको व्यवसायिकतासँगै मौलाउँदो विकृतिमाथि खबरदारी गर्न र यस क्षेत्रलाई महत्त्व दिएर सञ्चारकर्मीहरूलाई एक बनाउन समिति गठन गरिएको केन्द्रीय सचिव सरगमले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad