खेल


ब्याटिङ र बलिङ दुवैका लागि तयार छु : आदिल आलम

ब्याटिङ र बलिङ दुवैका लागि तयार छु : आदिल आलम

नेपालखबर
मंसिर ६, २०८२ शनिबार २०:१२, काठमाडौँ

काडमाडौँ गोर्खाजका खेलाडी मोहम्मद आदिल आलमले आफू ब्याटिङ र बलिङ दुवैका लागि तयार रहेको बताएका छन्। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार काठमाडौँ र विराटनगर किंग्सबीचको खेलपछि कुराकानी गर्दै आलमले जुनसुकै क्रममा पनि खेल्न तयार रहेको बताएका हुन्। ‘म बलिङ र ब्याटिङ दुवैका लागि तयार छु। कोच र क्याप्टनले जति वेला लगाउँछन्, त्यसका लागि तयार छु,’ उनले भने। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार उनले काठमाडौँका लागि ४८ रन बनाए। आजको खेलमा काठमाडौँका खेलाडीले बनाएको यो सर्वाधिक रन हो। काठमाडौँ विराटनगरसँग पाँच विकेटले पराजित भयो। 

विराटनगरसँगको खेलमा १५–२० रन कम हुँदा हार ब्यहोर्नु परेको उनको भनाइ थियो। ‘आज १५–२० रन जति कम भयो। कम्तिमा १५० रन पुर्‍याउने भन्ने सोचेको थिएँ,’ आलमले भने, ‘ब्याटिङ र बलिङ दुवै पावर प्लेमा मिस गर्‍यौँ, त्यहाँ राम्रो भइदिएको भए रिजल्टै अर्कै हुन्थ्यो।’

राम्रो गर्न खोजेको भए पनि अलिकति कमजोरी भइरहेको उनले औंल्याए। ‘हामीले सोचे जस्तो भइरहेको छैन। पावर प्लेमा राम्रो गर्न खोजिरहेका छौं, त्यहाँ अलि ल्याक भइरहेको छ। बलिङमा पनि ल्याक भइरहेको छ,’ उनले भने, ‘त्यसैले जित्न अलिकति गाह्रो भइरहेको छ।’
दुई वटा हारले दबाब परेको भए पनि आगामी खेलमा सुधार हुने उनको विश्वास छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad