अनलाइन किनमेल प्लेटफर्म दराजले आयोजना गरेको दराज ११.११ मा ग्राहकको ओइरो लागेको छ।
पहिलो घण्टामै ३ लाख ८० हजार ग्राहकलाई सेवा दिएको दराजकी प्रबन्धनिर्देशक आँचल कुँवरले जानकारी दिइन्।
उनका अनुसार देशभरबाट उक्त संख्यामा ग्राहकले प्लेटफर्ममा किनमेल गरेका हुन्।
‘यो हाम्रा लागि कोशेढुंगा हो’, उनले भनिन्, ‘यसले देशव्यापी रुपमा चलेको किनमेल पर्वको असाधारण ऊर्जालाई देखाउँछ।’
यसका लागि उनले ग्राहक, बिक्रेता, ब्रान्ड साझेदार र टिम सदस्यलाई धन्यवाद समेत दिइन्। उनले फास्टेस्ट फिंगर्स फर्स्ट डिल्सबारे ग्राहकको प्रतिक्रिया समेत सुन्ने उनको भनाइ छ।
ती अफरहरुमा सीमित स्टक रहेको र छोटो समयमै बिक्री भएको उनको भनाइ छ।
नोभेम्बर २१ सम्म चल्ने यो क्याम्पेनमा अझै डिलहरु बाँकी रहेकाले चेक गर्न ग्राहकलाई उनको आग्रह छ। रुपैयाँ १ डिलहरुको विजेता डिसेम्बर १५ मा हुनेछ।

यसपटकको दराज ११.११ मा सबैभन्दा बढी अल्टिमा बुम एक्स१, अल्टिमा नेभिगेटर, म्यामीपोको पेन्ट्स, विन्टर पोलार फ्लिस, जुवारा टिस्यु सबैभन्दा बढी बिकेको कुँवरले जानकारी दिइन्।
उनका अनुसार यो उत्सवमा मोबाइल, अडियो, स्किनकेयर, डायपर, ज्याकेट हाइएस्ट ग्रोथ क्याटेगोरीमा परेका छन् भने अल्टिमा, भिभो, रोतो, आइविवी, सेटाफिल, साओमी सर्वाधिक लोकप्रिय ब्रान्ड बनेका छन्।
कुँवरका अनुसार यसपटकको किनमेल उत्सवमा सहभागीमध्ये ४४ प्रतिशत ग्राहक काठमाडौं उपत्यकाबाहिरका रहेका छन्। त्यसैगरी दराजमा पहिलोपटक खरिदमा सहभागी हुने २३ प्रतिशत, वालेट र बैंक कार्ड प्रयोगबाट खरिद गर्ने ३५ प्रतिशत रहेको उनको भनाइ छ। फास्टेस्ट फिंगर्स सेलमा ६ हजार ग्राहक सहभागी भएका थिए भने बिहानै ७ बजे पहिलो डेलिभरी भएको थियो।
Shares

प्रतिक्रिया