कला


‘ऊनको स्वीटर’लाई उछिन्दै वर्षकै सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्यो ‘जेरी अन टप’

‘ऊनको स्वीटर’लाई उछिन्दै वर्षकै सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्यो ‘जेरी अन टप’

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १३:३६, काठमाडौँ

गत असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ वर्ष २०८२ सालको सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्न सफल भएको छ। घरेलु बक्सअफिसमा बुधबारसम्म फिल्मले ११ करोड ४१ लाख माथिको कलेक्सन गरेको छ।

गत बैशाख अन्तिम साता प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’ नेपाली बक्सअफिसमा ११ करोड ४१ लाख कलेक्सन गर्दै पहिलो नम्बरमा थियो। ‘जेरी अन टप’ ले प्रदर्शनको २० औं दिनमा त्यो आँकडा पूरा गर्दै यो वर्षकै सर्वाधिक कलेक्सन गर्ने फिल्मको सूचीमा आफूलाई पहिलो नम्बरमा ल्याउन सफल भएको छ। 

फिल्मले ग्लोबल बक्सअफिसमा हालसम्म १७ करोड कलेक्सन गरिसकेको निर्माता सरोज न्यौपानेले बताए।

स्टार अभिनेता अनमोल केसीको स्टारडमले इनिसियल विजनेसमा छलाङ मारेको यो फिल्मलाई दर्शकको वर्ड अफ माउथले उत्साहजक व्यापार गरेको देखिन्छ। सुयोग गुरुङ निर्देशित यस फिल्मले त्रिकोणात्क प्रेमकथासँगै सगरमाथाको कथालाई प्रस्तुत गरेको छ। 

हिमाल आरोहणको साहसिक कथा उठान गरेको यो फिल्मले देशको पर्यटनलाई समेत अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सामाजिक सञ्जालमा प्रशंसा बटुलिरहेको छ। फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी प्रमुख अभिनयमा छन्।

अनन्या फिल्मस्को ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा तयार फिल्मले अन्तर्राष्ट्रिय बजारमा पनि प्रसंशा बटुलिरहेको छ। अस्ट्रेलिया, अमेरिका, जापान, युरोप लगायतका दर्जनौं देशहरूमा एकसाथ प्रदर्शनमा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad