कला


सकारात्मक प्रतिक्रिया बटुल्दै ‘परान’, फिल्म हेरेर भक्कानिएको भिडिओ भाइरल

सकारात्मक प्रतिक्रिया बटुल्दै ‘परान’, फिल्म हेरेर भक्कानिएको भिडिओ भाइरल

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १२:२९, काठमाडौँ

शुक्रबारबाट  प्रदर्शनमा आएको फिल्म ‘परान’ ले उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। भावनात्मक पारिवारिक कथा पेश गर्ने फिल्म हेरेर दर्शकहरू भक्कानिएको भिडिओ सामाजिक सञ्जालमा छाइरहेका भने हेर्ने जत्तिले निकै प्रशंसा गरिरहेका छन्।

‘सक्किगोनी’मा ‘काकु’  दीपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको फिल्मले आफ्नो कथावस्तु, अभिनय र प्रस्तुतिको दर्शकहरूले तारिफ बटुलिरहेका छन्।

प्रतिक्रिया जनाउने क्रममा डेब्यू निर्देशनमै उत्कृष्ट काम देखिएको दर्शकहरूको भनाइ छ। यस्तै, मुख्य भूमिकामा रहेका नीर शाहको कामलाई पनि उत्तिकै मनपराइएको छ। अन्य कलाकारहरूले पनि आफ्नो कामका लागि तारिफ पाइरहेका छन्।

फिल्म हेर्ने धेरै दर्शकहरू भावुक बनेका छन् र कथासँग आफूलाई जोडिरहेका छन्।

परिवार, माया र सम्बन्धका यथार्थ दृश्यहरूले मानिसको मन छोइरहेका कारण ‘परान’ लाई देशभर उत्कृष्ट ‘वर्ड अफ माउथ’ प्राप्त भइरहेको छ।

रिलिजको अघिल्लो दिन भएको प्रिमियरमा पनि थुप्रै सेलिब्रेटी, राष्ट्रिय व्यवसायीहरूका साथमा पत्रकार तथा सम्पादकहरूले फिल्मलाई नेपाली माटो, समाज र हरेक नेपाली घरको भावना समेटेको फिल्मको रूपमा प्रशंसा गरेका थिए।

चर्चित व्यवसायिक घराना गोल्छा समूहका शेखर गोल्छाको प्रिज्मा एडभर्टाइजिङका प्रमुख रञ्जित आचार्यसँगको सहकार्य रहेको छ।बाइस्कोप सिनेमाजको ब्यानरमा निर्माण भएको फिल्मको शो संख्यासमेत बढिरहेको निर्माणटिमले जनाएको छ।  केही दिन वर्षाका कारण दर्शकको केही कमी देखिएको भए पनि आजबाट फिल्मले पिकअप लिएकोले निर्माण पक्षसमेत हौसिएको छ।

फिल्ममा नीरसहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यकोअभिनय छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad