कला


ब्रिटेन्स गट ट्यालेन्टमा भीमको ‘सन्डे मर्निङ लभ यू’ (भिडियो)

ब्रिटेन्स गट ट्यालेन्टमा भीमको ‘सन्डे मर्निङ लभ यू’ (भिडियो)

नेपालखबर
बैशाख १४, २०७७ आइतबार ६:३३,

बेलायतमा बस्ने धनकुटाका निरौलाले आफ्नै गीत ‘सन्डे मर्निङ लभ यू’ गाएका थिए। ५४ वर्षे होटेल म्यानेजर निरौलाले आफ्नो ७ वर्ष पुरानो गीत मञ्चमा प्रस्तुत गर्दा सबैजना रोमाञ्चित मात्रै भएनन्, उनले दोस्रो चरणमा समेत प्रवेश पाएका छन्।

भीमले आफ्नै मौलिक पारामा गाउन सुरु गर्दा एक निर्णायक सिमन क्वेलले भने नरुचाएको भन्दै रातो बजर बजएका थिए। तर उनले गीत सकि सक्दा भने बाँकी निर्णायकसँगै उनले पनि मनोरञ्जन लिए।

दर्शकबाट समेत उनले खुब ताली बटुले। उनी छनोट भएर फर्कदा दर्शकहरुले ‘आइ वान लभ यू एभ्री डे’ भन्दै उनको विदाई गरेका थिए। 

२०१३ को अक्टोबरमा यूटुयुवमा यो गीत रिलिज भएपछि निरौला भाइरल भएका थिए। उक्त गीत यूटुयुबमा ६० लाख बढीले हेरिसकेका छन्।

निरौला बैंकको जागिरका लागि बेलायत पुगेका थिए। म्युजिकमै केन्द्रीत हुन पछि उनले बैंकको जागिर समेत छाडे।

‘म लाइभ प्रर्फमेन्स र कन्सर्टमा बढी केन्द्रीत हुन चाहान्थे,’ एक अन्तर्वार्तामा उनले भनेका छन्।

अंग्रेजी शब्द उच्चारण र आफ्नै पाराको नाच सन्डे मर्निङ लभ यू हिट हुनुको कारण थियो। ‘मेरो एकल उदेश्य सामान्य शब्द, छिनछिनमा परिवर्तन हुने ब्याकग्राउण्डसहित अंग्रेजीमा गीत गाउनु थियो,’ निरौलाले भनेका छन्।

निरौलाले रेडियो नेपालबाट स्वरपरीक्षा पास गर्दै आधुनिक गीत समेत रेकर्ड गराएका थिए। तीसँगै उनले गाएका अन्य गीतले भने चर्चा पाउन सकेको छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .