बालगायक अशोक दर्जीको जीवनमा आधारित फिल्म ‘मनबिनाको धन’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा अशोकले सडकमा गीत गाएको देखि सांगीतिक सफलतासम्मको कथा देख्न सकिन्छ।
सडकमा गीत गाउँदै पैसा मागेकोबाट ट्रेलर सुरू हुन्छ। त्यसपछि उनलाई एक मनकारी व्यक्तिले काठमाडौँ ल्याउँछन्। काठमाडौँ आएसँगै उनको जीवनमा आउने परिवर्तनको कथा ट्रेलरमा छ। फिल्ममा अशोकनै मुख्य भूमिकामा देखिएका छन्।
यसै फिल्ममार्फत संगीतकार तथा गायक टंक बुढाथोकीले निर्देशनमा डेब्यु गरेका छन्। फिल्ममा उनकै कथा र संगीत निर्देशन रहेको छ। ‘हिरोदेखि जिरोसम्मको कथा’ भनिएको छ।
यस फिल्ममा अशोकसहित सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, सन्तोष पन्त, भोलाराज सापकोटा लगायतको अभिनय छ।
टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन्। यो फिल्म कात्तिक २१ गतेबाट रिलिज हुँदै छ।
Shares

प्रतिक्रिया