समाज


नेपाली सेनाका बहालवाला क्याप्टेनको उपचारको लागि जुट्यो देउसीभैलोबाट ३ लाख ३७ हजार

नेपाली सेनाले उपचारमा सामान्य सहयोग मात्रै गरेको परिवारका सदस्यको गुनासो
नेपाली सेनाका बहालवाला क्याप्टेनको उपचारको लागि जुट्यो देउसीभैलोबाट ३ लाख ३७ हजार

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १४:१३, सर्लाही

सर्लाहीको हरिवन निवासी नेपाली सेनाका क्याप्टेन ढालबहादुर थापा (बासु)को उपचारको लागि गएको तिहारमा खेलिएको देउसीभैलोबाट तीन लाख ३७ हजार रुपैयाँ संकलन भएको छ। 

लामो सयमदेखि ब्लड क्यान्सरबाट पीडित थापाको हाल भारतको राजधानी नयाँदिल्लीस्थित राजिव गान्धी अस्पतालमा उपचार भइरहेको छ। नेपाली सेनाले उपचारमा सामान्य सहयोग मात्रै गरेकाले उपचारमा समस्या भएको थापाका परिवारका सदस्यले बताएका छन्। 

हरिवन नगरपालिका-११ बासाटोल निवासी थापाले यसअघि चीनमा पनि उपचार गराएका थिए। चीनमा उपचार गर्दा एक करोड रुपैयाँभन्दा धेरै खर्च भएको पारिवारिक स्रोतले जनाएको छ। 

‘थापा झण्डै सात महिनादेखि राजिव गान्धी अस्पतालमा उपचाररत छन्,’ स्थानीय सुकदेव कार्कीले भने, ‘भारतमा उपचार गर्दा पनि थापा परिवारको झण्डै ६५ लाख रुपैयाँ खर्च भइसकेको छ। आफ्नो जायजेथाले उपचार सम्भव नभएपछि देउसीभैलो खेलेर सहयोग जुटाएका हौँ।’

थापाकी पत्नी सुबिनाले उपचारमा अझै लाखौँ खर्च लाग्ने बताइन्। उपचार पूरा हुन तीन महिनाजति अस्पतालमै बस्नुपर्ने चिकित्सकले बताएका छन्। 

आफ्ना पतिको उपचारमा आर्थिक अभाव भइरहेकाले सहयोग गरिदिन पनि सुबिनाले सबैसँग आग्रह गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad