कला


सलमानले ल्याए कोरोनाविरुद्ध सचेतना फैलाउने गीत, भिडियो सोमबार सार्वजनिक हुने

सलमानले ल्याए कोरोनाविरुद्ध सचेतना फैलाउने गीत, भिडियो सोमबार सार्वजनिक हुने

नेपालखबर
बैशाख ७, २०७७ आइतबार १०:५१,

कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेपछि बलिउडका कलाकारहरु घरमै बसेर सिर्जनात्मक कामहरु गरिरहेका छन्।

धेरैजसको कलाकारहरुले आफूले गरेका क्रियाकलापहरुको जानकारी सामाजिक सञ्जालमार्फत दिने गरेका छन्।

बलिउडका सुपरस्टार अभिनेता सलमान खानले पनि पछिल्लोपटक थप एक सिर्जनात्मक कार्य गरेका छन्। उनले कोरोना भाइरसबारे सचेतना फैलाउनका लागि एउटा गीत लेखेका छन्।गीतको शब्दका साथमा स्वर पनि उनकै रहेको छ। गीतको बोल ‘प्यार करोना’ रहेको छ। आइतबार अभिनेता खानले यो गीतको टिजर सामाजिक सञ्जाल ट्विटरमा सेयर गरेका छन्।

उनले यो गीतको भिडियो गीत अप्रिल २० मा आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक हुने जानकारी दिएका छन्।

म तपाईंहरुलाई भन्न चाहन्छु कि भोलि मेरो गीत मेरै युट्युब च्यानलमा रिलिज हुनेछ। म आशा गर्दछु कि तपाईले यो गीत हेर्नुहुनेछ’, गीतको टिजर सार्वजनिक गर्दै सलमानले लेखेका छन्।

यो गीतको भिडियो कोठाभित्रै नै खिचिएको टिजरमा देख्न सकिन्छ।

लकडाउनका कारण पनवेलको फार्महाउस बस्दै आएका सलमान पछिल्लो केही समयदेखि सामाजिक सञ्जालमा एकदमै सक्रिय बनेका छन्। उनले डाक्टरमाथि हमला गर्ने मानिसहरूप्रति क्रोध प्रकट गरेका छन् भने सर्बसाधरणलाई लकडाउनको पालना गर्न, सरकारले दिएका निर्देशनहरू अनुशरण गर्न आग्रह गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .