आज सिनेमाहलमा दुइ विदेशी फिल्मसहित नेपाली फिल्म ‘रिमै’ प्रदर्शनमा आएको छ। हलिउड फिल्म ‘द कन्जुरिङ: लास्ट राइट्स’ र बलिउड ‘बागी ४’ सहित ‘रिमै’ हलमा लागेको हो।
यद्धपी, आजै शुक्रबारदेखि रिलिज हुने भनिएको ‘चिट्ठी’ को भने रिलिज स्थगित भएको छ। देशभरका हलले उचित शो नदिएको भन्दै बिहीबार साँझ फिल्मका निर्माताले रिलिज मिति सारेका थिए। अब यो फिल्म आगामी मंसिरमा प्रदर्शन गरिनेछ।
यस्तोमा ‘रिमै’ ले एक सय बढी शो पाएको छ। तर, फिल्म टिकट बुकिङमा भने कमजोर देखिएको छ। ‘रिमै’ गुरुङ समुदायको संस्कार, संस्कृति र परम्परामा आधारित छ।
‘कबड्डी’ फेम्ड जोडी दयाहाङ राई र रिश्मा गुरुङ यस फिल्ममा मुख्य भूमिकामा देखिएका छन्। अर्पण थापा, गौमाया गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले मगर, वीरमाया गुरुङलगायतको पनि फिल्ममा अभिनय छ। फिल्ममा खिल बहादुर गुरुङको निर्देशन तथा उपेन्द्र सुब्बाको लेखन छ।
Shares

प्रतिक्रिया