कला


उपन्यास ‘बखान’को विमोचन

उपन्यास ‘बखान’को विमोचन

नेपालखबर
भदौ ८, २०८२ आइतबार १०:५२, काठमाडौँ

लेखक एवम् पत्रकार बसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’को विमोचन भएको छ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शनिबार एक कार्यक्रमकाबीच उपन्यास विमोचन गरे। 

उक्त उपन्यास कांग्रेस नेता एवम् पूर्वमन्त्री बखानसिंह गुरुङले प्रजातन्त्र स्थापनाका लागि गरेको सङ्घर्षलाई समावेश गरेर लेखिएको छ।  गुरुङ नेपालको सहकारी अभियन्तासमेत हुन्।

महामन्त्री शर्माले जनतालाई अधिकार स्थापित गर्न स्वर्गीय गुरुङले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले सहकारी समाजवादको आधारशिला भएको चर्चागर्दै देशमा रहेका ३४ हजार बढी सहकारीलाई नियमन गर्न जरूरी रहेकोमा जोड दिए। 

कार्यक्रममा कांग्रेस सहमहामन्त्री जीवन परियारले कांग्रेसले बखानसिंहलाई सहिद घोषणा गर्न लाग्नुपर्ने बताए।    

पुस्तकका समीक्षक एवम् राजनीतिक विश्लेषक शंकर तिवारीले जागिर छाडेर सहिदको पक्षमा लागेका बखानसिंह निष्ठावान लोकतान्त्रिक व्यक्ति भएको उनको भनाइ थियो। 

अर्का समीक्षक एवम् मदन पुरस्कार विजेता अमर न्यौपानेले गुरुङ भाषामा लेखिएकाले यो सांस्कृतिक उपन्यास भएको बताए। 

पुस्तकका लेखक पराजुलीले जनताको अधिकार स्थापित गर्न बखानसिंहले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै उनको सङ्घर्षलाई समेटेर उपन्यास प्रकाशन गरिएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad