आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा दुई हजार तीनसय रुपैयाँ बढेको हो।
यसअघि गएको शुक्रबार सुनको मूल्य तोलामा चारसय रुपैयाँ बढेको थियो। गएको बिहीबार पनि सुनको मूल्य तोलाको एक हजार तीनसय रुपैयाँ बढेको थियो। चार दिनमा सुनकाे मूल्य ताेलामा चार हजार एकसय रुपैयाँ बढेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ९७ हजार पाँचयस रुपैयाँमा किनबेच भइरहेको छ।
गएको शुक्रबार सुनको मूल्य तोलाको एक लाख ९५ हजार दुईसय रुपैयाँ थियो।
गएको बुधबार तोलामा एक हजार ६ यस रुपैयाँ घटेर सुनको भाउ एक लाख ९३ हजार पाँचसय रुपैयाँमा झरेको थियो।
गएको साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ बढेर दुई हजार तीनसय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
Shares

प्रतिक्रिया