केही दिनयता अभिनेत्री स्वस्तिमा खड्का र प्रकाश सपुतबीच बोलचाल नभएको कुरा चर्चामा छ। केही मिडियाले त समाचारमा यी दुईबीच ‘पानी बारबारको’ अवस्था रहेको समेत भन्न भ्याए।
प्रकाश र स्वस्तिमाले म्युजिक भिडिओदेखि फिल्मसम्म सहकार्य गरेका थिए। सपुतको आफ्नो डेब्यु निर्देशन रहेको फिल्म ‘वसन्त’ मा समेत लिड रोलमा राखेका थिए। तर, प्रचारप्रसारमा स्वस्तिमा नहिँडेपछि यी दुवैको सम्बन्धमा दरार आएको बताइन्छ।
तर, बोलचालनै बन्द भएको हल्लाबीच प्रकाश र स्वस्तिमा अभिनीत फिल्म ‘हरिबहादुरको जुत्ता’ बाट एक भिडिओ बाहिरिएको छ। सार्वजनिक गरिएको भिडिओमा यस हल्लाको खण्डन गर्दैं उनीहरुले एउटै गिलासमा पानी पिएको देख्न सकिन्छ।
भिडिओमा कलाकार सीता न्यौपाने प्रश्न सोध्छिन्, 'पानी बाराबार भाछ भन्या सुन्या थिएँ। के हो तपाईंहरू अझै पनि बाझिरा'हो? मिल्नु हो, बेला बित्न लाइसक्यो। एक्सक्यूज मी।’
त्यसपछि प्रकाश र स्वस्तिमा दुवै हाँस्छन्।
के हो त, अनि बोलचाल भयो भन्ने प्रश्नमा स्वस्तिमा र प्रकाश एकअर्कालाई 'तपाईं भन्नु न' भन्दै रिक्वेस्ट गर्छन्।
त्यसपछि प्रकाश भन्छन्, 'हाम्रो चलचित्र हरिबहादुरको जुत्ताको पहिलो गीत यही भाद्र २ गते सोमबार साँझ ४ बजे ओएसआर डिजिटलमार्फत रिलिज हुँदैछ।’
स्वस्तिमा असोज १३ गते पुरा चलचित्र हेरेर रमाइलो गर्नुहोला भन्छिन्। त्यसपछि भने प्रकाश गिलासमा रहेको पानी स्वस्तिमालाई दिन्छन्। स्वस्तिमाले पानी खाएपछि त्यही जुठो पानी आफू खान्छन्।
Shares

प्रतिक्रिया