राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्।
नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुगेका मिस्रीले राष्ट्रपति कार्यालय, शीतल निवास पुगेर पौडेलसँग भेट गरेका हुन्।
भारतीय दूतावासले सचिव मिस्रीले पौडेललाई भेटेर भारतीय नेतृत्वको तर्फबाट शुभकामना व्यक्त गरेको उल्लेख गरेको छ। त्यस्तै दुई पक्षीय सम्बन्धमा भएको सुधारको बारेमा राष्ट्रपतिलाई जानकारी गराएको दूतावासले बताएको छ।
राष्ट्रपतिलाई भेट्नुअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ। तर, भ्रमणको औपचारिक मिति भने अझै तय भइसकेको छैन।
विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेका छन्।
विदेश सचिव मिश्रीले राष्ट्रपति, प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री, परराष्ट्रसचिव लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। उनी सोमबार स्वदेश फर्किनेछन्। मिस्री भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
— IndiaInNepal (@IndiaInNepal) August 17, 2025Foreign Secretary @VikramMisri called on the Rt. Hon'ble President of Nepal Mr. Ramchandra Paudel @RcPaudelNepal and conveyed greetings of the Indian leadership, apart from briefing Hon’ble President on the progress in bilateral ties.@MEAIndia @OOP_Nepal @MofaNepal… pic.twitter.com/E8aI9QILgY
Shares

प्रतिक्रिया