अहान पाण्डे र अनीत पड्डा अभिनीत बलिउड फिल्म ‘सैयारा’ चौथो सातामा प्रदर्शनरत छ। प्रदर्शनको २४ औँ दिनसम्म यस फिल्मको नेट कमाइ ३१८ भारतीय रुपियाँ पुगेको छ।
पहिलो साता भारतभर १ सय ७२ करोड ७५ लाख भारतीय रुपियाँ व्यापार गरेको फिल्मले दोस्रो साता १ सय ७ करोड कमाएको थियो। तेस्रो साता भने फिल्मको कमाइ २८ करोड २५ लाख भारु छ। विश्वभरको कमाइ भने ५१७.५ करोड भारु पुगेको छ।
४५ करोड बजेटमा निर्माण भएको यो फिल्म नयाँ कलाकार अभिनीत सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म हो। यशराज फिल्म्सको ब्यानरमा बनेको यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन्। अहान र अनीतको अभिनयको पनि निकै तारिफ भइरहेको छ।
प्रेमकथा फिल्मबाट चर्चामा आएका सुरीका ‘एक भिलेन रिटर्न,’ ‘आशिकी २’, ‘आवारापन’ र ‘एक भिलेन’ हिट फिल्म हुन्। सामाजिक सञ्जालमा राम्रो फलोइङ भएका अहानको यो डेब्यु फिल्म हो। अनितले काजोलसँग वेब सिरिज ‘बिग गर्ल्स डोन्ट क्राइ’ र फिल्म ‘सलमा भेन्की’ मा देखिसकेकी छन्।
Shares

प्रतिक्रिया