आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा मध्यमवर्गीय परिवारले सहरमा गर्नुपरेको संघर्षको कथालाई समेटिएको छ। साथै आर्थिक अभावले गर्दा दम्पतीको जीवनमा आउने आरोहअवरोहको कथा वरिपरि ट्रेलर घुमेको छ।
फिल्मको मुख्य भूमिकामा आशान्तसहित अभिनेत्री मेनुका प्रधान छन्। आभास अधिकारी, मिरा खड्का, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन्।
वेज प्रा.लि.को प्रस्तुति रहेको फिल्मका निर्मातामा गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा छन्। सह–निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा तथा युगविजय पंगेनी शर्मा छन्। सरद महतोले छायांकन गरेको फिल्म विनोद पाण्डेको सम्पादन छ।
निर्देशक शर्माकै कथा बनेको यो फिल्म आगामी भदौ ६ देखि प्रदर्शन हुनेछ।
Shares

प्रतिक्रिया