कला


नीताको निर्माण र निर्देशनमा फिल्म ‘पार्वती’ बन्ने, माघ १ गतेलाई तोकियो रिलिज डेट

नीताको निर्माण र निर्देशनमा फिल्म ‘पार्वती’ बन्ने, माघ १ गतेलाई तोकियो रिलिज डेट

नेपालखबर
साउन २५, २०८२ आइतबार १२:५९, काठमाडौँ

नीता ढुंगानाको निर्देशनमा बन्न लागेको फिल्म ‘पार्वती’को प्रदर्शन मिति तय भएको छ। दुइवटा पोस्टर सार्वजनिक गर्दैं आगामी माघ १ गतेलाई रिलिज मिति तोकिएको हो। 

सार्वजनिक दुइ पोस्टर फरक मूडका छन्। पहिलो पोस्टरमा नीता पहेँलो छातामुनि, सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखिन्छिन्। यसले उनको जीवनमा हुने चुनौती, सोचमग्न स्वभाव र भित्रै लुकेको संवेदनशीलता झल्काउँछ।

दोस्रो पोस्टरमा भने उनी गाउँले पोशाकमै हल्का मुस्कान र लजालु अदा सहित प्रस्तुत भएकी छन्, जसले उनको निराशता, बालपनको रमाइलो र जीवनप्रतिको सहज दृष्टिकोणको संकेत गर्छ।

फिल्मको कथा नीता ढुंगानाले नै लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीको रहेको हो। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। निर्मातामा सावित्रा अधिकारी, नरसरी अधिकारी र पवन ढुंगाना छन्। निर्माण पक्षका अनुसार,‘पार्वती’ हास्य,भावना र सामाजिक सन्देश मिसिएको कथा हो,जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव दर्शाइनेछ।  

असोजबाट छायांकनमा निस्किने यो फिल्मको कथाकार तथा प्राविधिक को–को रहने छन् भन्ने बारेमा निर्माण पक्षले खुलाएका छैनन्। निर्देशक अधिकारीका अनुसार केहि दिनमा कलाकार तथा थप प्राविधिकहरुको जानकारी दिइने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad