लोकदोहोरी गायक खेम सेन्चुरीको स्वास्थ्यमा सुधार भएको छ।
बिहीबार अचानक स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएको उनी निकट शम्भु कुँवरले जानकारी दिए।
उनका अनुसार परीक्षणका क्रममा खेमको कोखामा पत्थरी (स्टोन) देखिएको छ। ‘अहिले उहाँको स्वास्थ अवस्था राम्रो छ। परीक्षण गर्दा उहाँको कोखामा पत्थरी देखिएको छ। सुरुमा अपरेसन गर्नुपर्ने भनिएको थियो। तर, अहिले नपर्ने भयो। सकेसम्म आज नै डिस्चार्ज हुने कुरा छ,’ उनले नेपालखबरसँग भने।
खेम बिहीबार एक महिनाको सांगीतिक यात्राका लागि क्यानडा जान लागेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्री प्रतीक्षालयमा रहँदा अचानक पेटमा समस्या देखिएपछि उनलाई सिनामंगलस्थि एक अस्पताल लगेर भर्ना गरिएको थियो।
उनको क्यानडासहित इजरायल र अस्ट्रेलियामा पनि सांगीतिक प्रस्तुतिसम्बन्धी कार्यक्रम तय थियो।
Shares

प्रतिक्रिया