काभ्रेमा गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
गएराति भुम्लु गाउँपालिका-८ पौवामा बा.१५ च ८५६३ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्याल काभ्रेले जनाएको छ।
चौरीदेउरालीबाट काठमाडौँ आउँदै गरेको गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
उनीहरूको दोलालघाटस्थित पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।
घाइते हुनेमा बोलेरो चालक काभ्रे पाँचखाल नगरपालिका- ५ का २१ वर्षीय युनिष गौतम, काभ्रेकै चौरी देउराली गाउँपालिका- ६ का ५४ वर्षीय पदम कुमार दुलाल, सोही ठाउँका ६० वर्षीय डिल्लीप्रसाद गौतम, ३५ वर्षीय हाटुजराज गिरी, ४५ वर्षीय तेज बहादुर पन्थ र ३२ वर्षीय किशोरराज गिरी रहेका छन्।
उनीहर" सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
321
Shares

प्रतिक्रिया