मोडल अञ्जना पुन मगरले फिल्म खेल्ने पक्का भएको छ। उनी फिल्म ‘यानी माया’ को मुख्य भूमिकामा अनुबन्धित भएकी हुन्।
विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा सक्रिय अञ्जनाले यसै चलचित्रबाट डेब्यु फिल्मक्षेत्रमा गर्नेछिन्। यो फिल्म अभिनेता पल शाहले आफ्नो ब्यानर 'पल शाह फिल्म्स' मार्फत निर्माण गर्न लागेको पहिलो प्रोजेक्ट हो।
अञ्जना पुन एक स्थापित मोडेल हुन् । उनले 'मिस मगर हङकङ २०१४' र 'मिस हङकङ नेपाल २०२३' जस्ता उपाधिहरू जितेकी छिन्। सन् २०२४ को 'मिस नेपाल' प्रतियोगितामा उनले 'मिस रियल पपुलर च्वाइस' र 'मिस डिलाइटफुल हेप्पी इन्टेलिजेन्स' अवार्ड प्राप्त गरेकी थिइन्।
मोडलिङसँगै उनी अभिनयमा पनि सक्रिय छिन्। उनले बधाई तिमीलाई, ना छोएर यौवन काटियो, मायालाई पानको पात, आगो लाग्यो, १००% सही हो, र आँखैले बोलनजस्ता गीतहरू खेलिसकेकी हुन्। जसमध्ये पलसँगै खेलेको मायालाई पानको पात निकै हिट गीत हो।
यस फिल्ममाविकास सुवेदीको लेखन तथा निर्देशन रहनेछ। यो चलचित्र साउन महिनामा छायाङ्कनमा जानेछ, जसका लागि बागलुङको ढोरपाटन र हङकङका रमणीय दृश्यहरू छनोट गरिएका छन्। यस चलचित्रका निर्माताहरूमा पल शाहसँगै चन्द्रज्योति आले पनि रहेकी छिन्।
Shares

प्रतिक्रिया