कला


गायिका रचना रिमालको आन्द्रामा संक्रमण, हुँदै छ स्वास्थ्यमा सुधार

गायिका रचना रिमालको आन्द्रामा संक्रमण, हुँदै छ स्वास्थ्यमा सुधार

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १३:३३, काठमाडौँ

गायिका रचना रिमालको स्वास्थ्यमा सुधार आएको छ।

मंगलबारदेखि काठमाडौँको ह्याम्स अस्पतालमा उपचाररत रिमालको स्वास्थ्यमा सुधार हुँदै गएको हो।

सांगीतिक कार्यक्रमका लागि सोमबार रुकुम-पश्चिम पुगेकी उनी प्रस्तुति दिने दिन मंगलबार अचानक बिरामी परेकी थिइन्।

त्यसपछि सेनाको हेलिकप्टरबाट नेपालगन्ज पुर्‍याइएकी रचनालाई मंगलबारै काठमाडौँ ल्याई ह्याम्स अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो।

परीक्षणका क्रममा रचनाको आन्द्रामा संक्रमण देखिएको उनीनिकट एक सदस्यले जानकारी दिए। उनको सानो आन्द्रा सुन्निएको छ।

ती सदस्यका अनुसार संक्रमण बढ्न नदिन एन्टिबायोटिक्स प्रयोग गरिएको छ। पानी र झोलिलो खानेकुरा मात्रै खान दिइएको छ।

योसँगै स्वास्थ्यमा सुधार भएपछि उनलाई इमर्जेन्सीबाट क्याबिनमा सारिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad