सामाजिक विषयवस्तुमा रहेर निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘लवजोन’ युटुब मार्फत सार्वजनिक भएको छ।
शंकर अधिकारी ‘घायल’को लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा युवा युवती बिचको प्रेम कथालाई चलचित्रमा उतारिएको छ। लाखौं सपना बोकेर विदेशमा गएका श्रीमान र स्वदेशमा रहेकी श्रीमतीले गलत बाटो रोज्दाको अवस्थालाई चलचित्रमा चित्रण गरिएको छ।
ओम बहादुर कार्की प्रस्तुतीमा निर्माण भएको चलचित्रमा बिक्रम कार्की, प्रेरण बोहरा, राजन महर्जन, तृष्णा खडका, डिबि लामा, रुबि थापा, राजन श्रेष्ठको अभिनय रहेको छ। बाबुल गिरी र शंकर अधिकारी ‘घायल’को संगीत मा नित्याशिवा, बाबुल गिरी र शम्भु रैकाको आवाज रहेको छ।
3
Shares

प्रतिक्रिया