कला


‘महाराजधिराज’मा जोडिए अभिनेता पुष्प खड्का

‘महाराजधिराज’मा जोडिए अभिनेता पुष्प खड्का

नेपालखबर
जेठ ८, २०८२ बिहिबार १४:४३, काठमाडौँ

फिल्म ‘महाराजधिराज’मा अभिनेता पुष्प खड्का पनि जोडिएका छन्। केही समयदेखि ठूलो पर्दामा अनुपस्थित रहेका पुष्प यस चलचित्रमार्फत देखिन लागेका हुन्।

स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ टिमले पुष्पलाई आइतबार अनुबन्ध गरेको हो। अहिलेसम्म सार्वजनिक स्टारकास्टलाई हेर्दा ‘महाराजधिराज’ फरक स्वादको कथावस्तुमा आधारित हुने संकेत देखिएको छ, जहाँ पुराना र नयाँ पुस्ताका कलाकारहरूको सशक्त मिश्रण देख्न सकिनेछ।

अभिनेता पुष्प ‘महाराजधिराज’मा आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेको बताउँदै निकै उत्साहित छन्। उनले यस सिनेमाले आफूलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरेका छन्।

यसअघि फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती र पल शाह यसअघि नै अनुबन्ध भइसकेका छन्। अभिनेत्रीमा वर्षा राउत र वर्षा शिवाकोटी फाइनल भएका छन्।

‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन्। यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन्।

चलचित्रका निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्। ‘महाराजधिराज’ आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad