बलिउड अभिनेता गोविन्दाकी श्रीमती सुनीता आहुजा खुलेर आफ्नो विचार व्यक्त गर्छिन्।
सम्बन्ध-विच्छेदको हल्लाबीच सुनीताले अन्तर्वार्तामा आफ्नो पति र आफ्नो सम्बन्धबारे कुरा गरेकी छन्।
यस क्रममा उनले हिरोकी श्रीमती बन्न कठोर हृदय हुनुपर्ने धारणा राखेकी छन्।
उनले भनेकी छन् ‘हिरोकी श्रीमती बन्न कठोर हृदय हुनुपर्छ। उनीहरू आफ्ना धेरैजसो समय नायिकाहरूसँग बिताउँछन्, आफ्ना श्रीमतीसँग होइन। म गोविन्दालाई धेरै माया गर्छु र सधैँ गर्नेछु।’

पहिले गोविन्दालाई निकै विश्वास गर्ने भए पनि अब विश्वास गर्छु भन्न नसक्ने पनि उनले बताएकी छन्।
दाम्पत्य सम्बन्धबारे सुनीता भन्छिन्, ‘३८ वर्ष भइसक्यो। हामी जवान हुँदा धेरै यस्ता कुरा आउँथे। मलाई त्यसले कुनै फरक पार्दैनथ्यो। म धेरै बलियो सोच भएको व्यक्ति हुँ।’
श्रीमान्लाई गर्ने विश्वासबारे राखिएको जिज्ञासामा सुनीताले भनिन्, ‘ म पहिले उनलाई विश्वास गर्थें, अब विश्वास गर्छु भन्न सक्दिनँ।’
Shares

प्रतिक्रिया