कला


अष्ट्रेलियापछि कास्कीको धम्पुसबाट थालियो ‘पीआर’को छायांकन

अष्ट्रेलियापछि कास्कीको धम्पुसबाट थालियो ‘पीआर’को छायांकन

नेपालखबर
बैशाख २४, २०८२ बुधबार १३:५२, काठमाडौँ

निर्देशक शोभित बस्नेतको सिनेमा ‘पीआर’ को दोस्रो सेड्युल धम्पुसबाट सुरु भएको छ। अष्ट्रेलियामा ६० प्रतिशत छायांकन गरेको निर्माण टिमले बाँकी दृश्य कास्कीको धम्पुसबाट थालेको हो। 

सोमबार निर्मण टिमले सिनेमाको एक दृश्य बिहेको खिचेको छ। जहाँ दिक्पाल कार्की, नीर शाह, गौरी मल्ल, बिनिता कार्कीलाई देख्न सकिन्छ।

निर्देशक बस्नेतले सिनेमाको ६० प्रतिशत अष्ट्रेलियामा र बाँकी दृश्य नेपालमा खिच्ने सेड्युल अनुसार नै काम भइरहेको बताए। उनले यतिबेला कास्कीको धम्पुसमा धमाधम छायांकन भइरहेको समेत जानकारी दिए। 

यो सिनेमाको छायांकन धम्पुसका अलवा पोखरा, चितवन लगायतका ठाउँमा गर्ने तयारी छ। 

फिल्मको कथा अनुसार नै सिनेको छायांकन भइरहेकोसमेत निर्देशक बस्नेतले जानकारी दिए। केहि दिनअघि मात्रै उनी अष्ट्रेलियामा सिनेमाको छायांकन सकेर नेपाल आएका हुन्।   

सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भइरहेको यस सिनेमामा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी, आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायल लगायतको अभिनय रहने छ। 

यस सिनेमामा एवान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता रहेका छन्। सिनेमामा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad