कला


सुदिप र शान्तीश्रीको स्वरमा ‘केही भनेकै छैन’ सार्वजनिक (भिडिओ)

सुदिप र शान्तीश्रीको स्वरमा ‘केही भनेकै छैन’ सार्वजनिक (भिडिओ)

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १३:२९, काठमाडौँ

सुदिप अधिकारी र शान्तीश्री परियारको स्वरमा लोक दोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ। सुदिप अधिकारी अफिसियल युट्युबमार्फत यो गीत सार्वजनिक गरिएको हो। 

सार्वजनिक गीतमा सुदीप अधिकारीको शब्द तथा संगीत छ। कमल सौरागले संगीत संयोजन रहेको गीतमा कुमार राना मगरको मिक्सिङ तथा मास्टरिङ गरेका छन्। खुमन राना र सुमन रानाले गीत रेकर्डिङ गरेका छन्। 

गीतको भिडिओमा ओवी रायमाझी र जुना विश्वकर्माको अभिनय छ। सुदीप बरालको छायांकन रहेको गीतको भिडिओलाई मनोज कार्मीले सम्पादन गरेका छन्। 

गाउँले परिवेशमा खिचिएको भिडियोमा ग्रामीण जनजीवन समेटिएको छ। लेकबेसी, गोठालो, र पानी पँधेरो गर्दा युवा युवतीबीच बसेको प्रेम वरिपरि कथा घुमेको छ। 

गीतमा प्रेममा रहेको जोडीको प्रेमिल कल्पना, प्रेमिकालाई छोडेर टाढा जानु पर्दाको पीडा र त्यसक्रममा हुने युवायुवतीको संवाद गीतमा सुन्न र देख्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad