बलिउड अभिनेता ऋतिक रोशनले 'क्रिश ४' निर्देशन गर्ने भएका छन्।
केही दिनअघि निर्देशक-अभिनेता राकेश रोशनले 'क्रिश ४' मा आफ्ना छोरा ऋतिक रोशनले निर्देशकको भूमिका सम्हाल्ने बताएका थिए।
अहिले यो कुरा ऋतिक स्वयंले पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
राकेश रोशनले बनाएका 'क्रिश'का अहिलेसम्म सबै फ्रान्चाइजी ब्लकबस्टर हिट भएका छन्।
ऋतिकले फिल्म 'कोयला' निर्देशन गरेका छन्।
अमेरिकाको एटलान्टामा भएको एक कार्यक्रमको क्रममा ऋतिक रोशनलाई आफ्नो एउटा पुरानो तस्बिर देखाइएको थियो जसमा उनी क्यामेरापछाडि जिम्मेवारी सम्हालिरहेको देखिन्थे।
तस्बिरबारे कुरा गर्दै ऋतिकले भने, ‘यो तस्बिर फिल्म 'कोयला'को समयको हो। फेरि एकपटक तपाईंहरू सबैले मलाई क्यामेरा पछाडि जिम्मेवारी सम्हालिरहेको देख्नुहुनेछ। मैले 'कोयला' फिल्म निर्देशन गरेको थिएँ। यो पहिलोपटक थियो मैले क्यामेरापछाडि काम गरेको। तपाईंहरू सबैले मलाई शुभकामना दिन सकून् भनेर म यो फेरि गर्नेछु।’
Shares

प्रतिक्रिया