इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग बराबरी खेल्दा आर्सनलको उपाधि आशामा धक्का पुगेको छ।
शनिबार राति भएको खेलमा एभर्टनसँग १–१ को बराबरी गर्दै अंक बाँडेपछि आर्सनलको उपाधि जित्ने आशाबाट केही पछि धकेलिएको छ।
आर्सनलको हारले लिग लिडर लिभरपुललाई च्याम्पियन बन्न अब ८ खेल बाँकी छदाँ मात्र ११ अंक आवश्यक छ।
खेलको पहिलो हाफमा आर्सनलले अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो।
पहिलो हाफको ३४ औँ मिनेटमा आर्सनलका लिआन्ड्रो ट्रोसार्डले रहिम स्टर्लिङको पासमा काउन्टरमा उत्कृष्ठ गोल गरेका थिए।
तर ४९ औँ मिनेटमा एलियाम एनडियायको पेनाल्टी गोलमा एभर्टन खेलमा फर्किएको थियो। तर त्यसपछि थप गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडे।
गएराति नै भएको अन्य खेलमा क्रिष्टल प्यालेसले ब्राइटनलाई तथा एष्टोन भिल्लले नटिङ्घम फरेष्टलाई तथा वुल्भ्सले इप्सविच टाउनलाई समान २–१ गोलले पराजित गरेका छन्।
अर्को खेलमा वेष्ट ह्याम र एएफसी वर्नमाउथले १–१ को बराबरी गर्दै अंक बाँडे।
Shares

प्रतिक्रिया